बलिउड / हलिउड

भारतीय कलाकार विश्वमोहनको निधन

vishwa mohan

१० मंसिर, काठमाडौं । भारतीय कलाकार विश्वमोहन बडोलाको निधन भएको छ ।

उनको निधनको खबर उनका छोरा बरुण र पत्नी राजेश्वरी सचदेव बडोलाले सामाजिक सञ्जालमार्फत् बाहिर ल्याएका हुन् । बरुणले सामाजिक सञ्जालमा एक भावुक पोष्ट गर्दै बुबालाई श्रद्धान्जली दिएका छन् ।

बिश्वमोहनले अल इन्डिया रेडियोको लागि करिब ४०० नाटकमा काम गरेका छन् । यसको अलवा उनले फिल्म ‘जोधा अकबर’, ‘मुन्ना भाई एमबीबीएस’, ‘लगे रहो मुन्ना भाई’ र ‘प्रेम रतन धन पायो’मा समेत काम गरेका छन् ।

पछिल्लो समय बिश्वमोहन फिल्म ‘मिसिङ्ग’मा देखिएका थिए । बिश्वमोहनको छोरा बरुण पनि बलिउडका चिरपरिचत अभिनेता हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस