समाचार

ग्लोबल आइएमई बैंकका गार्डलाई खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ

arrest

१० मंसिर, काठमाडौं । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार भनिएका एक जनालाई आज पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले गत असोज २९ गते काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित ग्लोबल आइएमई बैंकमा कार्यरत चौकीदारलाई खुकुरी प्रहार गरी फरार भएका भनिएका काठमाडौं थापागाउँका शशि थापालाई आज अपराह्न बानेश्वरबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रमेश विष्टले बैंकका गार्डलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेको अभियोगमा थापालाई पक्राउ गरिएको जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस