१० मंसिर, काठमाडौं । जनकपुरमा राजावादीहरुले शक्ति प्रदर्शन गरेका छन् । नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने र २०४७ सालको संविधान पुनर्वहाली गनुपर्ने माग गर्दै नेपाल राष्ट्रवादी समूहले बुधबार जनकपुरधाममा शक्ति प्रदर्शन गरेका हुन् ।
राजतन्त्र फर्काउनुपर्ने माग गर्दै नेपालको राष्ट्रिय झण्डा बोकेर सयौंको संख्यामा राजावादीहरुले जनकपुरको रेल्वे स्टेशनबाट निस्केको जुलुस भानूचोक, कदमचोक, विद्यापती चोक, विश्वकर्मा चोक, तपसी चोक, जिरोमाईल, भ्रमरपुरा चोक, बजरंग चोक, रामानन्द चोक, पिडारी चोक, थापाचोक, मुख्यमन्त्री कार्यालय अगाडि, मिल्स एरिया, भानूचोक, शिवचोक हुँदै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
यसैबीच राजावादीहरुले पोखरामा पनि मोटरसाइकल र्याली गरेका छन् ।
प्रतिक्रिया दिनुहोस