बैँक / वित्त

माछापुच्छ्रे बैंक र नेपाल भेटनरी संघबीच सम्झौता

mbl mou

१० मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंक र नेपाल भेटेनरी संघमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका सदस्यहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा नेपाल भेटेनरी संघका अध्यक्ष डा. सितल काजी श्रेष्ठ तथा माछापुच्छ्रे बैंकका दायित्व व्यवस्थापन एंव बाह्य मामिला प्रमुख सुनिल खतिवडाले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात नेपाल भेटेनरी संघसँग सदस्यहरुलाई बैंकले सरल र सहज बैंकिङ्ग सेवा प्रदान गर्नेछ । बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट सघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहमा बिशेष सहुलियत प्रदान गर्नेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस