
१० मंसिर, काठमाडौं । ठगीको आरोपमा नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वअध्यक्ष लम्बोदरकुमार न्यौपाने पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको चन्डोलबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध कात्तिक २४ गते कलेजको रकम ठगी गरेको आरोपमा ठगी मुद्दा दायर भएको सीआईबी प्रमुख सहकुल थापाले जानकारी दिए । उनीविरुद्ध तीन करोड ७१ लख बढी रकम हिनामिना गरेको आरोप छ ।
न्यौपाने २०५६ र २०७० सालमा गरी दुईपटक नेपाल इन्जिनियरिङ कलेजको कार्यकारी अध्यक्ष भएका थिए ।
प्रतिक्रिया दिनुहोस