
१० मंसिर, हेटौंडा । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ अर्थात दिपक मनाङ्गेकी श्रीमती दिक्षेन लामा मूर्ति चोरीको आरोपमा पक्राउ परेकी छन् ।
लामालाई जिल्ला अदालत कास्कीको पक्राउ पुर्जी अनुसार मकवानपुरको हेटौंडाबाट प्रहरीले पक्राउ गरेको हो । मंगलवार ममकवानपुर प्रहरीले पक्राउ गरी लामालाई कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सुशीलसिंह राठौरले बताए ।
उनी पदमपोखरी स्थित माइतीमा थिइन् । दीक्षेनले पोखरास्थित एक घरमा रहेको मूर्ति चोरी गरेको सम्बन्धमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी जीवन श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस