१० मंसिर, काठमाडौं । हङकङमा पछिल्लो समय कोरोना संक्रमितहरु तिव्र गतिमा बढ्न थालेका छन् । कोरोना संक्रमितहरु धेरै संख्यामा देखिन थालेपछि यहाँ तेस्रोपटक क्लब र बारहरु बन्द गरिने भएको छ ।
मंगलबार ८० नयाँ संक्रमित थपिएको हङकङमा बुधबार ८५ नयाँ संक्रमित थपिएको बताइएको छ । बार तथा क्लबसँग सम्बन्धित कोरोना संक्रमितहरु धेरै देखिएपछि यहाँ यी क्षेत्रहरु यसवर्ष कोरोनाका कारण तेस्रोपटक बन्द गर्न लागिएको हो ।
हङकङको स्वास्थ्य विभागका अनुसार बिहीबारदेखि डिसेम्बर २ सम्मका लागि बार, नाइट क्लब, क्यारिओकी, डान्स हलहरु बन्द गरिनेछ । हङकङमा हालसम्म ५८ सय ६७ मा कोरोना पुष्टि भइसकेको छ । यहाँ हालसम्म १०८ को मृत्यु भइसक्दा ५२ सय ९५ उपचारपछि स्वस्थ बनेका छन् ।
प्रतिक्रिया दिनुहोस