
१० मंसिर, भक्तपुर । भक्तपुर नगरपालिका ९, पलासे बस्ने ६५ वर्षीया ललिताकुमारी कार्कीलाई ठक्कर दिई फरार रहेको गाडी र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश २-०१-००१ च ०१८० नम्बरको बोलेरो गाडी र सिराहा गोलबजारका २४ वर्षीय चालक अर्जुन विकलाई प्रहरीले पक्राउ गरेको हो ।
बनेपाबाट शुक्रबार बिहान काठमाडौं आइरहेको उक्त गाडीले बाटो काट्ने क्रममा ठक्कर दिँदा सख्त घाइते भएकी कार्कीको अन्नपूर्ण न्युरो अस्पताल काठमाडौंमा उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको थियो ।
प्रहरीले इलाका प्रहरी कार्यालय गोलबजार, सिरहासँगको समन्वयमा उक्त घटनामा संलग्न चालक अर्जुनलाई गाडीसहित पक्राउ गरेको हो । चालक अर्जुनमाथि सवारी ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस