समाचार

प्रदेश नं १ मा ३७२ सङ्क्रमित थपिए, १३८ डिस्चार्ज

covid 19 test positive

१० मंसिर, काठमाडौं । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा यो प्रदेशमा एक हजार २३८ जनाको पिसीआर परीक्षण गरिएकामा १४७ महिलासहित ३७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाका ९७, सङ्खुवासभाका २७, इलामका १२, पाँचथरका चार, भोजपुरका दुई, तेह्रथुम र उदयपुरका एक/एक तथा प्रदेश बाहिरका १२ जना रहेका छन् । प्रदेशमा आज डिस्चार्ज हुने होम आइसोलेशनबाट १३७ जना र मेची अस्पतालबाट एक जना मात्र छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस