समाचार

भारतका विदेशसचिव आज नेपाल आउँदै

harsabardhan

११ मंसिर, काठमाडौं । तीय विदेश सचिव हर्षवर्द्धन श्रींगला दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन् । उनी अहिले बिहान ११ बजे विशेष विमानमार्फत काठमाडौं विमानस्थलमा उत्रने कार्यक्रम रहेको छ ।

उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतका उच्चाधिकारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । साथै प्रमुख विपक्षी दल नेपाली काँग्रेसलगायत दलका उच्च नेतासँग भेट गर्नेसमेत जनाइएको छ ।

भ्रमणकै क्रममा उनले भारत सरकारले सहयोग स्वरूप पठाएको कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गर्नेछन् । उनी १२ गते स्वदेश फर्कनेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस