
११ मंसिर, दाङ । दाङमा एक पुरुष गोली लागेको अस्थामा फेला परेका छन् ।
बुधवार राति तुलसीपुर उपनगरपालिका वडा नम्वर १३ बराहाखुटीका ४४ वर्षीय खुसलराम पौडेल गोली लागेर घाइते अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए ।
उनी पूर्वपश्चिम राजमार्गमा पर्ने दाङको लमही नगरपालिकाको च्याउ खोलामा घाइते अवस्थामा फेला परेका थिए । उनलाई उपचारको लागि नेपालगञ्ज लगिएको थियो । तर त्यहाँ उपचार नभएपछि भारतको लखनउ लगिएको एसपी चन्दले जानकारी दिए ।
गोली कसरी लाग्यो भन्ने अनुसन्धान भइरहेको एसपी चन्दले बताए ।
प्रतिक्रिया दिनुहोस