समाचार

खोरमा पारेर चितुवा नियन्त्रणमा, स्थानान्तरण गरिदै

leopard

११ मंसिर, तनहुँ । तनहुँको भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा थापिएको खोरमा परेर आज बिहान चितुवा नियन्त्रणमा आएको छ । मजुवा ओख्ले सामुदायिक वनमा थापिएको काठको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो ।

सहायक वन अधिकृत सुरेशकुमार भुजेलले खोरमा परेर चितुवा नियन्त्रणमा आएको र सुरक्षितरूपमा स्थानान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए । मजुवा ओख्ले सामुदायिक वनमा थापिएको खोरमा परेर दोस्रो पटक चितुवा नियन्त्रणमा आएको छ ।

गत वर्ष सोही खोरमा एउटा चितुवा परेको थियो । खोरमा परेर नियन्त्रणमा आएको उक्त चितुवा एघारौँ हो । केही दिनअघि मात्रै आँबुखैरेनी गाउँपालिका–२ पौवागाउँमा थापिएको फलामको खोरमा परेर दशौँ चितुवा नियन्त्रणमा आएको थियो ।

जिल्लाका विभिन्न ठाउँमा चितुवाको आतङ्क छ । भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाले बस्तीमै आएर स्थानीयवासीले पालेका वस्तुमाथि पनि आक्रमण गर्ने गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस