समाचार

बालिका हत्याका दोषीलाई कारवाही गर्न जनमोर्चाको माग

rastrya janamorcha

११ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा ६ वर्षीया  गुलाब खातुनको हत्या गरिएको घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ ।

पार्टीका प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गरी बालिकाहरुको बलात्कार र हत्याका घटना निरन्तर हुनाले जनताको सुरक्षाको स्थिति अत्यन्तै कमजोर रहेको र शान्तिसुरक्षाप्रति सरकार उदासीन रहेको आरोप लगाउँदै बालिकाको हत्या स्वीकार गर्ने स्थानीयवासी अरुण शाहलाई कारवाही गरी पीडितलाई न्याय दिन माग गरेको छ ।

पीडितलाई न्याय दिनाको सट्टा न्याय माग्ने जनतामाथि दमन गरिएको घटनाको पनि छानबिन गर्न पार्टीले माग गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस