
११ मंसिर, काठमाडौं । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त बहादुर कुँवरलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि एसएसपी कुँवरलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो ।
यसअघिका प्रवक्ता कुवेर कडायतको प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह, नवलपरासीमा सरुवा भएपछि प्रवक्ताको जिम्मेवारी कुँवरलाई दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनलाई मोबाइल नम्बर ९८५१२-९२१११ र spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने नेपाल प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस