
११ मंसिर, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १४१२ पुगेको छ ।
यस्तै, बिहीबार नेपालमा थप १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ भने अहिलेसम्म २ लाख ९ हजार ४३५ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस