११ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अमेरिकी सहयोग मिलिलियम च्यालेन्च कर्पोरेसन (एमसीसी) छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेको छ ।
बिहीबार महासंघको ५४ औं साधारणसभाको उद्घाटन सत्रमा बोल्दै महासंघकी अध्यक्ष भवानी राणाले यस्तो माग गरेकी हुन् । उनले एमसीसीले जलविद्युतको क्षेत्रमा सकारात्मक भूमिका खेल्ने भन्दै छिट्टै सदनबाट पास गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानआकर्षण गराएकी हुन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र एमसीसीका विषयमा फरक मत आइरहेका बेला अध्यक्ष राणाको यस्तो प्रस्ताव आएको हो । स्वयं प्रधानमन्त्री ओली पनि एमसीसी पारित गर्नुपर्ने पक्षमा छन् ।
प्रतिक्रिया दिनुहोस