समाचार

झारफुकको नाममा २३ वर्षीय महिला बलात्कार गरेको आरोपमा मुस्लिम धर्मगुरु पक्राउ

mohamad alli

११ मंसिर, सिरहा । सिराहामा झारफुकको नाममा बलात्कार गरेको आरोपमा मुस्लिम धर्मगुरू पक्राउ परेका छन् । सिराहाको लहानबाट मुस्लिम धर्मगुरू मौलवी (हजरत)लाई पक्राउ गरिएको सिराहाका प्रहरी उपरीक्षक उमाशंकर पंजियारले जानकारी दिए ।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका वडा नम्बर १० स्थित महेशपुर गाउँका ३५ वर्षीय मोहम्मद अली हसनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक पजियारले जानकारी दिए । उनीमाथि जबर्जस्ती करणी मुद्दामा सरकारी वकिल कार्यालय सिरहामार्फत (अदालतबाट) ५ दिनको म्याद लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

मंगलबार साँझ लहान नगरपालिका वडा नम्बर ७ की २३ वर्षीया मुस्लिम महिला समान्य बिरामी परेपछि धर्मगुरुसँग झारफुक गराउन उनको डेरामा गएकी थिइन् । मौलवीले झारफुकको बहानामा बलात्कार गरेका भन्दै परिवारजनलाई बताएपछि सो घटना प्रहरीमा पुगेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *