११ मंसिर, काठमाडौं । नेपाल एसबिआई बैंकलेले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनारमनी, विर्तामोडस्तिथ परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विद्युतीय उपकरणहरु प्रदान गरेको छ ।
वि. सं. २०६७ सालमा संचालन भएको उक्त संस्थाले हाल ३८जना वृद्धावृद्धाहरुलाई आश्रय दिएको छ । उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कूमार देद्वारा सो संस्थाका अध्यक्ष विक्रम मादेन (गुरुङ)लाई उक्त सामानहरु ह्स्तान्तरण गरेका थिए ।
उक्त समारोहमा नेपाल एसबिआई बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत श्री छपि राज पन्त, विर्तामोड शाखाका शाखा प्रबन्धक मनोज चापागाई तथा सो संस्थाका अन्य कर्मचारीको उपस्थिती थियो ।
प्रतिक्रिया दिनुहोस