
११ मंसिर, पोखरा । पोखरामा आफ्नै नाबालिका छोरीलाई जर्बजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ परेका छन् ।
३९ वर्षीय पुरुषले आफ्नै १३ वर्षे नाबालिका छोरीलाई विगत केही वर्ष अघिदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएको खुलेपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनलाई जिल्ला अदालतबाट ७ दिन म्याद थप गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस