समाचार

मन्त्री श्रेष्ठ र मुख्यमन्त्री राउतबीच विकास निर्माणका विषयमा छलफल

shresth rauta

११ मंसिर, काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र मुख्यमन्त्री लालबावु राउतबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विकास निर्माणका विषयमा छलफल भएको छ ।

शहरी विकास मन्त्रालयका  प्रदेश नं २ मा जारी विकास निर्माणका कार्यको स्थलगत निरीक्षण तथा अवलोकनमा रहनुभएका मन्त्री श्रेष्ठले मुख्यमन्त्री राउतसँग विकास निर्माणको कार्यमा तीनवटै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयका अनुसार मुख्यमन्त्री लालबावु राउतले धार्मिक पर्यटकीय क्षेत्र जनकपुरधाममा पर्यटक आकर्षित गर्न सङ्घीय सरकारले ठोस पहल गर्नुपर्ने बताएका थिए । उनले जनकपुरधाममा ल्याण्डफिल साइट निर्माणका लागि मन्त्री श्रेष्ठसँग आग्रह गरेका थिए ।

सो अवसरमा शहरी विकासमन्त्री श्रेष्ठले प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेटेको सप्तरीदेखि पर्सासम्मको धार्मिक पर्यटकीय करिडोर निर्माणमा सहयोग गर्ने जानकारी गराए । उनले आफ्नो मन्त्रालयबाट प्रदेशमा हुने सम्पूर्ण विकास निर्माणको कार्यमा प्रदेश सरकारसँग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस