सूचना प्रविधि

फेसबुकले दक्षिण कोरियालाई ६० लाख बढी अमेरिकी डलर जरिवाना तिर्ने

facebook

११ मंसिर, काठमाडौं । फेसबुकले दक्षिण कोरियालाई ६० लाख बढी अमेरिकी डलर जरिवाना तिर्ने भएको छ।

अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार दक्षिण कोरियाको व्यक्तिगत सुरक्षा संरक्षण आयोगले बुधबार फेसबुकलाई अरूको व्यक्तिगत सूचना चुहावट गरेको आरोपमा ६० लाखभन्दा बढी अमेरिकी डलर जरिवाना लगाएको हो ।

फेसबुकले कोरियाका १ करोड ८० लाख फेसबुक प्रयोगकर्तामध्ये ३३ लाख प्रयोगकर्ताको व्यक्तिगत जानकारी उनीहरूको सहमतिविनै अन्य अपरेटरहरूलाई दिएको आरोप छ ।

सन् २०१२ मेदेखि २०१८ जुनसम्मको अवधिमा एक करोड ८० लाखमध्ये ३३ लाखको व्यक्तिगत विवरण फेसबुकले प्रयोगकर्तालाई जानकारी नै नदिई अन्य अपरेटरलाई दिएको थियो ।

फेसबुकले यो मुद्दामा आफूहरुले दक्षिण कोरियाको सरकारसँग समन्वय गरिरहेको र व्यक्तिगत विवरण संरक्षण कमिटिले आपराधिक अनुसन्धान सुरु गरेको प्रति खेद प्रकट गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस