समाचार

जबरजस्ती करणी मुद्दामा थुनामा रहेका एक थुनुवा कारागारबाट फरार

chitwan bharatpur jail

१२ मंसिर, चितवन । कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् ।

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबरजस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् ।

उनका अनुसार साँझ ५ः३० बजे कैदीबन्दी गणनाका क्रममा बन्दीको सङ्ख्या कम भएपछि खोजी गर्दा उनी फरार भएको थाहा भएको हो । कालिका नगरपालिका–२ पदमपुर घर भएका ४५ वर्षीय उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस