
१२ मंसिर, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । पछिल्लो समय सुनको मूल्यमा गिरावट हुँदै आएकोमा शुक्रबारपनि यो क्रमले निरन्तरता दिएको हो ।
सुनको मूल्य घट्दै जादा साताको अन्तिम दिन छापावाल सुन तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार सुन तोलामा ९१ हजार ५०० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको थियो ।
यसैबीच चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार तोलामा ११७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ११६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस