समाचार

प्रत्येक शुक्रबार फुङ्लिङ बजार बन्द हुने

fungling bazar

१२ मंसिर, ताप्लेजुङ । प्रत्येक शुक्रबार बन्द हुँदै आएको फुङ्लिङ बजार आजदेखि सोही  बारमा पुनः बन्द हुने भएको छ ।

फुङलिङ नगरापालिकामा पर्ने सो बजार  चाडबाडलाई ध्यानमा राखी गत असोज १६ गते शुक्रबारदेखि खुला भएको  थियो । बजार फेरि साप्ताहिकरुपमा बन्द हुनेछ ।

दशैँ–तिहार–छठलगायत चाडपर्वलाई ध्यानमा राखी ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले साप्ताहिक बजार खुलाएको थियो । “अब फेरि बजार पसल प्रत्येक साताको शुक्रबार एक दिन बन्द हुनेछ”,सङ्घका कार्यकारी अधिकृत भीष्मराज बरालले बताए ।

सङ्घले चिसो मौसम शुरु भएकाले विभिन्न किसिमका सङ्क्रमणविरुद्ध विशेष सावधानी अपनाउन समुदायका सदस्यलाई आग्रह गरेको छ । वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले चिसो मौसम शुरु भएकाले रुघाखोकी, ज्वरोलगायत स्वास्थ्य समस्या देखापर्ने भएको सोविरुद्ध विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । सुख्खा मौसममा आगलागी जस्ता विपद्का घटनासमेत हुने भएकाले सतर्क र संवेदनशील रहन पनि आग्रह गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस