
१२ मंसिर, काठमाडौं । न्याय परिषदको सदस्यमा सिफारिस भएका वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।
शुक्रबार बसेको समितिको बैठकमा श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
नेपाल बार एसोसिएसनले न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता श्रेष्ठको नाम सिफारिस गरेको थियो । सुनुवाइ समितिले अनुमोदन गरेसँगै श्रेष्ठ ४ वर्षका लागि परिषद्को सदस्य हुने भएका छन् । श्रेष्ठ यसअघि पनि न्याय परिषद सदस्य भइसकेका व्यक्ति हुन् ।
प्रतिक्रिया दिनुहोस