
१२ मंसिर, काठमाडौं । ‘हेरिटेज अफ फेसन नेपाल सिजन २’ को आयोजना हुने भएको छ । साप इन्टरटेन्मेन्टले आगामी मार्च १५ मा नेपाल र अष्ट्रेलियामा यो कार्यक्रम एकसाथ आयोजना गर्न लागेको हो । यो कार्यक्रमको आयोजक फिल्म निर्माता सन्तोष अधिकारी हुन् ।
उक्त फेसन शोमा नेपाली तथा विदेशी मोडलहरुको सहभागिता रहनेछ । नेपाली कला र संस्कृतीलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
गतवर्षबाट सुरु भएको हेरिटेज अफ फेसन नेपालको पहिलो सिजनको आयोजना पोखरा र अष्ट्रेलियामा गरिएको थियो । यसवर्ष दुवई र युरोपमा पनि फेसन शोको आयोजना गर्ने योजना रहेको आयोजक सन्तोष बताउँछन् ।
पहिलो सिजनमा फेसन आइकन तथा कलाकार गायक धिरज राई, प्रशान्त ताम्राकार र प्राप्ति तुलाचन सहभागि थिए ।
प्रतिक्रिया दिनुहोस