विश्व/प्रवास

भेनेजुएलाको सर्वोच्च अदालतद्वारा ६ पूर्व अमेरिकी नागरिकलाई जेल सजाय

venezuala

१२ मंसिर, काठमाडौं । भेनेजुएलाको सर्वोच्च अदालतले छ जना पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा कैँदको फैसला सुनाएको छ । भेनेजुएलाको सर्वोच्च अदालतले बिहीबार सो सजायँ सुनाएको अधिकारीले जनाएका छन् ।

उनीहरु अमेरिकी तेल प्रशोधन कम्पनीमा संलग्न रहेका थिए । उक्त कम्पनीमा उनीहरुले ठूलो घोटाला गरेको भनेर सन् २०१७ को नोभेम्बर महिनामा पक्राउ गरिएको थियो ।  पक्राउ गरेर मुद्धा चलाइएकोमा बिहीबार उनीहरुलाई भ्रष्टाचार गरेको प्रमाणित भएर जेल सजायँ सुनाइएको थियो ।

तीमध्ये पाँच जनालाई भ्रष्टाचारको आरोपमा १० वर्ष ८ महिना र अर्का एकजनालाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनीहरु सन् २०१७ को नोभेम्बार महिनादेखि नै भेनेजुएलाको जेलमा रहेका छन् । अमेरिकी संलग्नताको सिट्गो नामक सो तेल कम्पनी भेनेजुएलाको सरकारी कम्पनी हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस