
१२ मंसिर, पोखरा । कास्कीमा ७१ वर्षीया वृद्धामाथि बलात्कार प्रयास गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका-१९ पुरन्चौरका ३४ वर्षीय घनश्याम गिरीलाई पक्राउ गरेको हो ।
प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार गत मंगलबार एकल वृद्धा महिला आफ्नै घरभित्र सुतिरहेको बेला गिरी राति १० बजे जबरजस्ती घरभित्र प्रवेश गरेका थिए ।
भित्र प्रवेश गरेर जबरजस्ती बलात्कारको प्रयास गरेको भन्ने जाहेरीको आधारमा प्रहरीले गिरीलाई बुधबार पक्राउ गरेको हो । अभियुक्त गिरीलाई जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरि अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।
प्रतिक्रिया दिनुहोस