समाचार

छोरीलाई होटलमा लगेर अश्लिल भिडियो देखाएर बलात्कार गर्ने बाबु पक्राउ

rape

१२ मंसिर, काठमाडौं । आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

१३ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा कास्की पोखरा महानगरपालिकाका ३९ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।

उनले मंसिर ६ गते दिउँसो पोखरास्थित एक होटलमा लगेर जबरजस्ती अश्लिल फोटो तथा भिडियो देखाएर जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको एसपी श्रेष्ठले बताए ।

केही वर्ष अघिदेखि जबरजस्ती करणी गर्दै आएको थाहा पाएपछि पीडित बालिकाको आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा बालिकाको बाबुलाई पक्राउ गरिएको श्रेष्ठले बताए ।

पक्राउ परेका उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस