समाचार

सभापति देउवाद्वारा कोइरालाको निधनमा दुःख व्यक्त

sher bahadur deuba

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महासमिति सदस्य एवं क्षेत्रीय सभापति ईश्वरी कोईरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

कोइरालाको आज बिहान विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा ६३ वर्षका उमेरमा निधन भएको हो ।

सभापति शेरबहादुर देउवाले शोक वक्तव्यमार्फत पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा कोइरालाले पु¥याएको योगदानको स्मरण गर्दै उनमा श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे ।

कोइराला मोरङ, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवारसमेत रहेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *