१२ मंसिर, दाङ । भारतीय सेनामा कार्यरत दाङ तुलसीपुर निवासी एक युवाको आतंकारी हमलामा परि मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाका ३० वर्षीय प्रेम केसी रहेका छन् ।
भारतको जम्मु कस्मीरमा कार्यरत उनको गोली लागेर शुक्रबार मृत्यु भएको हो । शुक्रवार विहान ५ बजेतिर केसीको समूहमाथि आतंककारी हमला भएको र अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको दाजु तुलसी केसीले बताए ।
दाजु तुलसीका अनुसार भारतीय सेनाले घर परिवारलाई शुक्रवार बिहान ९ बजेतिर फोन गरि प्रेमलाई गोली लागेको भन्ने खवर दिएको थियो । प्रेमले भारतीय सेनामा जागिर खाएको १४ वर्ष पुगेको बताइएको छ। सोही घटनामा अर्का भारतीय सैनिकको पनि मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस