समाचार

नगर प्रहरीमा जागिर लगाई दिन्छु भन्दै रकम असुल्ने युवक बुढानिलकण्ठबाट पक्राउ

damodar thapa magar

१३ मंसिर, काठमाडौं । बूढानीलकण्ठ नगरपालीकामा नगर प्रहरी जवानमा जागिर लगाई दिन्छु भन्दै रकम असुल्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बूढानीलकण्ठ नगरपालिका वडा नं ७ गल्फुटार बस्ने बर्ष ३८ को दामोदर थापा मगरलाई पक्राउ गरेको बुढानिलकण्ठ प्रभागका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजकुमार तामाङले जानकारी दिए ।

थापामगरले नगर प्रहरी जवानमा जागिर लगाइदिन्छु भन्दै ६ जनासँग ६७ हजार ७५० रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको इन्सपेक्टर तामाङले बताए । फर्जी प्रवेश पत्र समेत बनाएर ठगी गरेको अवस्थामा थापामगर पक्राउ परेका हुन् ।

बुढानिलकण्ठ प्रभागले उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस