
१३ मंसिर, गुल्मी । गुल्मीको हाडहाडेमा ढुङ्गाले लागेर एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
धुर्कोट गाउँपालिका वडा नम्वर ३, हाडहाडे स्थित नादी मस्यारा झुल्केपोखरी मोटरबाटो माथिबाट खसेको ढुङ्गाले लागेर स्थानीय ३६ बर्षीया श्यामकुमारी मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाँस काट्न गएको बेला माथि ढोजरले मोटरबाटो खन्दा खसेर भिरमा अड्किएको ढुङ्गा खसेर उनलाई लागेको थियो ।
प्रतिक्रिया दिनुहोस