
१३ मंसिर, बुटवल । पटकपटक पहिरो र धुलोका कारण चर्चामा आईरहने सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड भोलिदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ ।
सडकको स्तरोन्नति एवं फराकिलो बनाउनको लागि झुम्सा–दोभान खण्डमा घुम्तीका मोड काट्न तथा सडक कालोपत्रे गर्न भोलि मंसिर १४ गतेदेखि मंसिर १८ गतेसम्म दैनिक चार घण्टा सवारी आवागमन बन्द गरिने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
५ दिनसम्म हरेक दिन बिहान १०ः३० देखि १२ः३० बजेसम्म र दिउँसो २ देखि ४ बजेसम्म सवारी आवागमन बन्द गरिने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस