समाचार

रुकुम दुर्घटना : मृतकको संख्या ५ पुग्यो

road accident

१३ मंसिर, काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ मा शुक्रबार भएको जिप दुर्घटनामा थप एकको मृत्यु भएको छ । वडा नं ८ का ५८ वर्षीय लालबहादुर सार्कीको उपचारकै क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइते उनलाई थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा जाजरकोटमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । यससँग उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

वडा नं १० को घारीखोलाबाट जन्ती लिएर फर्केको रा१ज ५८९ नम्बर जिप शुक्रबार बेलुकी साढे ८ बजे सडकबाट खसेको थियो ।

दुर्घटनामा आठबिसकोट–८ का गोरे नेपाली, सार्के नेपाली, आइते चदारा र कलिभान नेपालीको घटनास्थलमै मृत्यु भएको थियो । चालक डिल्लीबहादुर नेपाली शुक्रबार बिहान सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस