विश्व/प्रवास

विश्वकै सबैभन्दा महँगो ब्याग सार्वजनिक, मूल्य सुन्दा सातो जान्छ

expensive bag

इटलीको एउटा लग्जरी ब्रान्डले विश्वकै सबैभन्दा महँगो ब्याग तयार गरेको छ । यो ब्यागलाई कम्पनीले हालै सार्वजनिक गरेको छ ।

यो ब्यागको मूल्य सुन्दा मानिसको सातो जान्छ किनकि यो मूल्यमा हामीले निकै भव्य महलजस्तो घर किन्न सक्छौं । यो ब्यागको मूल्य ६ मिलियन युरो अर्थात ८५ करोड नेपाली रुपैयाँ पर्छ । ब्यागलाई समुद्र बचाउने जागरुकता अभियानलाई आधार बनाएर बनाइएको हो ।

लग्जरी इटालियन ब्रान्ड बोरिनी मिलनेसीले संसारको सबैभन्दा महँगो ब्याग लञ्च लगेको छ। चम्किलो देखिने यो ब्यागमा १३० क्यारेट हिरा र १० वटा सेतो सुनको पुतली जोडिएको छ । समुद्र प्रदुषणबारे जागरुकता बढाउनका लागि ब्यागको निर्माण गरिएको बताइएको छ ।

बोरिनी मिलनेसीले इन्स्टाग्राममा जारी गरेको एक बयानमा समुद्रको रक्षा र जागरुकता बढाउनका लागि आफूहरुलाई आफ्नो ब्यागको अनावरणमाथि गर्व भएको बताएको छ । गोहीको छालाबाट बनेको उक्त ब्याग बेचेबापत् ७ लाख ११ हजार ९ सय ५० पाउन्ड रकम समुद्रलाई प्लाष्टिकमुक्त बनाउनका लागि दान दिने पनि बताइएको छ ।

इन्स्टाग्राम पोस्टमा एक भिडियोको माध्यमले यो ब्यागको सुन्दरताबारे देखाइएको छ । हल्का निलो देखिने यो ब्यागमा सुनको पुतली पनि राखिएको छ जुन हेर्दा निकै सुन्दर देखिन्छ । स्मरण रहोस् इटालियन ब्रान्ड बोरिनी मिलनेसी ब्याग बनाउने ब्रान्ड हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस