समाचार

रौतहटमा गोली हानी युवतीको हत्या गरेर फरार ५ जना पक्राउ

gun

१३ मंसिर, काठमाडौं । रौतहटमा गोली हानी युवतीको हत्या गरेर फरार पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत कात्तिक २६ गते राति घरमै आमासँग सुतिरहेकी माधव नारायण नगरपालिका ५ लौकाहा टोलकी १८ वर्षीया अमृताकुमारी साहको गोलीहानी हत्या गरिएको थियो । टाउकोमा गोली लागेकी युवतीको घटनास्थलमा नै मृत्यू भएको थियो ।

गोली हानेर फरार भएका व्यक्तिहरु १५ दिनपछि शुक्रबार राति विभिन्न स्थानबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिलाई रौतहट प्रहरीले आइतबार सार्वजनिक गर्ने तयारी गरेको छ । उनीहरुविरुद्ध आइतबार म्याद थप गर्ने र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस