समाचार

१४ वर्षीय बालकलाई बलात्कारको आरोपमा ६ महिना कैद

jail

१३ मंसिर, सप्तरी । खेल्ने क्रममा साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले १४ वर्षीय एक किशोरलाई छ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले गत कात्तिक २४ गते कसुर ठहर भई सजाय निर्धारणका लागि पेश भएकामा शुक्रबार कैदसजाय तोकिएको जिल्ला अदालतले जनाएको छ ।

खेल्ने क्रममा घरदेखि उत्तर रहेको पोखरीको डिलमा ०७६ भदौ ६ गते आरोपितले बलात्कार गरेको पीडितले बताएपछि थाहा पाएकी उनकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएकी थिइन् ।

इलाका प्रहरी कार्यालय कडरबोनाले घटनाको भोलिपल्टै आरोपितलाई पक्राउ गरी उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतको इजलाशले आरोपित बालकलाई पुर्पक्षका लागि ०७६ भदौ १९ गते बालसुधार गृह वीरगञ्ज पठाउने आदेश गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस