समाचार

जर्बजस्ती करणीको अभियोगमा ६ जना कारागार चलान

arrest

१३ मंसिर, कैलाली । कैलालीमा दुई किशोरीमाथि जर्बजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत कैलालीले अर्घाखाँचीका जानकी गाउँपालिका–५ का धिरेन्द्र विष्ट, नरेश चौधरी, रमेश शाही, रामबहादुर चौधरी, मनोज चौधरी र महेश चौधरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

गत कात्तिक ८ गते जानकी गाउँपालिका–५ स्थित १३ र १४ वर्षीया दुई किशोरीमाथि जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेको उनीहरुविरुद्ध प्रहरीले जिल्ला अदालत कैलालीमा मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालत कैलालीको आदेशले पुर्पक्षका लागि उनीहरुलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । उन्का अनुसार ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने दुई जना बाल सुधार गृह पठाइएको छ । बलात्कार आरोपी  एक जना अझै फरार रहेको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस