विश्व/प्रवास

सोमालियाको विमानस्थलमा आक्रमण, ६ जनाको हत्या

airport attack

१३ मंसिर, काठमाडौं । सोमालियाको राजधानी शहर मोगादिसुको विमानस्थलमा आत्मघाती हमला भएको छ ।

सो हमलामा परेर कम्तीमा पनि ६ जनाको ज्यान गएको छ । आत्मघाती हमलाकारीले गरेको हमलामा परी ती नागरिकको ज्यान गएको हो । विमानस्थलको सुरक्षापोष्टमा नभएर आक्रमण त्यहाँको एक लोकप्रिय आइसक्रिम पसलनजिकै भएको बताइएको छ ।

सो आक्रमणमा परी अरु पनि केही नागरिक घाइते भएका छन् । सो आक्रमण त्यहाँका केही उच्च सुरक्षा अधिकारीलाई लक्ष्य गरेर गराइएको प्रहरीले जनाएको छ । सो आत्मघाती आक्रमण कसले र किन गराएको भन्ने बारेमा केही खुलेको छैन । अधिकारीहरुले यस अक्रमणको पछाडिको कारणको बारेमा खोजी गरिरहेको बताएका छन् ।

सोमालिया सन् १९९० को दशकदेखि हिंसाको शिकार भएको छ । त्यहाँ हरेक महिनाजसो हिंसा भएर कैयौँ नागरिकको ज्यान जाने गरेको छ । -एएनआई

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस