
१४ मंसिर, काठमाडौं । साबिक विजेता रियल म्याड्रिड आफ्नै घरेलु मैदानमा आलाभेससँग पराजित भएको छ । शनिबार भएको खेलमा रियल १–२ गोलअन्तरले पराजित बनेको हो ।
महत्वपूर्ण खेल गुमाएको रियलका महत्वपूर्ण खेलाडी इडन हजार्ड घाइतेसमेत भएका छन् ।
एलाभेसका लागि खेलको पाँच मिनेटमा लुकास पेरेज र ४९ मिनेटमा जोसेलुले गोल गरे भने रियलका लागि सान्त्वना गोल खेलको ८६ औं मिनेटमा कासेमिरोले फर्काए । रियलका महत्वपूर्ण खेलाडी हजार्ड खेलको २८ औं मिनेटमै घाइते भएपछि मैदानबाट बाहिरिएका थिए ।
लगातार तीन खेलमा पराजित हुँदै आएको रियलले १० खेलबाट१७ अंक बनाएको छ ।
प्रतिक्रिया दिनुहोस