समाचार

सुनको मूल्य तोलामा ६ सयले घट्यो, कति छ आज ?

today gold price

१४ मंसिर, काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ६०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ९० हजार ७०० तोकिएको छ । शुक्रबार ९१ हजार ३०० मा कारोबार भएको थियो ।

तिहारपछि सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ । आज तेजाबी सुनको मूल्य पनि तोलामा ६०० रुपैयाँले घटेको छ । शुक्रबार ९० हजार ८०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९० हजार २०० तोकिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर एक हजार १५० मा कारोबार भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *