
१४ मंसिर कैलाली । कञ्चनपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियामा शनिबार राति छतबाट खसेर ५० वर्षीय गणेश राज ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जानकारी दिएको छ ।
छतबाट खसेर गम्भीर घाइते भएका ओझाको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले बताए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस