समाचार

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ७३.३ प्रतिशत उत्तीर्ण

nepal medical council

१४ मंसिर, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ तहको चिकित्सकहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ । परीक्षामा ७३ दशमलव ३ प्रतिशत उत्तीर्ण भएका छन् ।

नेपाल मेडिकल काउन्सिलले शुक्रबार र शनिबार ५ चरणमा दर्ता प्रमाणपत्र लाइसेन्सको परीक्षा लिएको थियो । काउन्सिलले लिएको परीक्षामा ८ सय ३९ जना सहभागी भएका थिए भने ६ सय १५ जना मात्रै उत्तीर्ण भएका छन् । सहभागीमध्ये २ सय २४ जना अनुत्तीर्ण भए भने ४ जना अनुपस्थित र १ जनाको परीक्षा स्थगित गरिएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।

यस्तै काउन्सिलले नर्सिङ तथा मिडवाइफहरुको दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको पनि नतिजा प्रकाशन गरेको छ । काउन्सिलले शनिबार लिएको परीक्षामा नर्सिङ तर्फका ४९ दशमलव २९ प्रतिशत उत्तीर्ण भएका छन् । यस्तै मिडवाइफतर्फ भने ६६ दशमलव ६६ प्रतिशत उत्तीर्ण भएका छन् । १ हजार २ सय ७० जना नर्सिङ परीक्षामा सहभागी भएका थिए भने  ६ सय २६ जना उत्तीर्ण भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस