मनोरञ्जन ताजा समाचार

‘नालापानी’लाई विशेष चलचित्र घोषणा गर्न माग

nalapani

१४ मंसिर, काठमाडौं । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई कथा बनाएर निर्माण भएको चलचित्र ‘नालापानी’ लाई विशेष चलचित्र घोषणा गरि आर्थिक सहयोग उपलब्ध गराउन चलचित्र सम्बन्धित ६ संघ–संस्था  चलचित्र कलाकार संघ, चलचित्र निर्देशक समाज, चलचित्र निर्माता संघ, चलचित्र प्राविधिक संघलगायतले सरकारसँग अनुरोध गरेका छन् ।

चलचित्र विकास बोर्डमार्फत सबैको सहभागितामा एक पत्र लेख्दै निर्माण युनिटले चलचित्र ऐतिहासिक नालापानीको युद्धको कथावस्तुलाई उजागर गरी राष्ट्रिय गौरव, राष्ट्रिय प्रेम तथा देशभक्तिको बिषय बनेकोले यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार तथा प्रबद्र्धनमा सहयोग गर्दै बिशेष चलचित्र घोषणा गर्न समेत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेको छ ।

चलचित्रका निर्माता तथा निर्देशक रिमेश अधिकारीले बोर्ड सहित ६ वटा संस्थाले सहयोगका लागि गरेको अग्रह पत्र सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ भेटेरै बुझाएका छन् । पत्र बुझ्दै मन्त्री गुरुङले राष्ट्रिय गौरवको कथामा चलचित्र ‘नालापानी’ निर्माण भएकोमा खुसी व्यक्त गर्दै मन्त्रालयबाट हुने सहयोग उपलब्ध हुने बताएको निर्देशक रिमेश अधिकारीले जानकारी दिए ।

रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति रहेको यो चलचित्र बिजिबि इन्टरटेनमेन्ट र गंगानारायण फिल्मस्ले मिलेर बनाएको हो । देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय बिष्फोट, पुजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीत बिष्ट, युग जंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी अधिकारी, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरु एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन लगायतको अभिनय चलचित्र मा रहेको छ । प्रा.डा.धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित रहेर चलचित्र निर्माण भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस