समाचार

कञ्चनपुरमा ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

Death Body

१४ मंसिर, कञ्चनपुर । पूर्व-पश्चिम राजमार्ग स्थित कञ्चनपुरको बदेकोट नगरापलिका–१ दैजीमा सवारी दुर्घटना भएको छ ।

सवारी दुर्घटनामा परेर प्रहरी हवल्दार रामबहादुर विष्टको निधन भएको छ । महेन्द्नगरबाट अत्तरीयातर्फ जाँदै गरेको से १ क १४०६ नम्बरको ट्रकले लु १२ प ५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवल्दार विष्टको घटनास्थलमै मृत्यु भएको हो ।

विष्ट महाकाली स्थित झोलुंगे प्रहरी चौकीमा कार्यरत थिए । ट्रक र चालक यज्ञराज भट्टराईलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले बताए ।

पूर्व पश्चिम राजमार्गको अत्तरिया–महेन्द्रनगर खण्डमा दुर्घटनामा परेर ज्यान गुमाउने हवल्दार शुक्लाफाँटा नगरपालिकाका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस