बैँक / वित्त

माछापुच्छ्रे बैंकको स्थगित साधारण सभा अब पुष २ गते बस्ने

MBL Tower

१४ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंकको स्थगित भएको वार्षिक साधारणसभा यहि पुष २ गते बस्ने भएको छ ।

यसअघि बैंकले कात्तिक ६ गतेका लागि साधारणसभा बोलाएको थियो । कोरोना भाइरस संक्रमणको त्रास र चाडपर्वका कारण सभा स्थगित गर्ने निर्णय गरेको थियो ।

सभामा बैंकले ७.०३ प्रतिशत बोनस सेयर र ३.३७ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गराउँदै छ भने अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव छ भने साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज २२ गते बुक क्लोज गरिसकेको छ ।

असोज २१ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस