समाचार

सिद्धबाबालाई थुनामा राख्न सर्वोच्चको आदेश

Sidda baba

१४ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले बलात्कार आरोप लागेका सिद्धबाबा भनेर चिनिने कृष्‍णदास गिरीलाई थुनामा नै राख्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश डा.आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सिद्धबाबालाई थुनामा नै राख्न आदेश दिएको हो ।

२०७६ माघ ९ गते जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको थियो ।

सिद्धबाबाबाले उच्च अदालतको आदेश बेरीतको रहेको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । तर उच्च अदालतको आदेशलाई सदर गर्दै थुनामा पठाउन आदेश दिएको हो । सिद्धबाबामाथि आफ्नै आश्रममा एक अनुयायीमाथि बलात्कार गरेको आरोप लागेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस