
१४ मंसिर, काठमाडौं । नुवाकोटमा कैलाश एयरको हेलिकप्टर ठूलो दुर्घटनाबाट बचेको छ ।
बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर चरासँग ठोक्किएपछि चालकले नुवाकोटमा आकस्मिक अवतरण गरेको बागमती प्रदेशका प्रहरी प्रमुख बसन्त लामाले जानकारी दिए ।
हेलिकप्टरमा ६ जना सवार रहेकामा एकजना सामान्य घाइते भएको जानकारी आएको लामाले बताए । हेलिकप्टरमा पाइलटसहित बेलकोट नगरपालिका- ३ का वडाअध्यक्ष वीरजंग भण्डारी, वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल र गीता मल्ल सवार रहेको खुलेको छ । वडाअध्यक्ष भण्डारीको हात र खुट्टामा सामान्य चोट लागेको लामाको भनाइ छ ।
चरासँग ठोक्किएपछि हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको छ ।
प्रतिक्रिया दिनुहोस