बैँक / वित्त

सानिमा बैंकले ल्यायो निःशुल्क क्रेडिट कार्ड योजना

Sanima Bank

१४ मंसिर, काठमाडौं । सानिमा बैंकका ग्राहकहरुका लागि ‘अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्’ नारा सहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने योजना ल्याएको छ ।

यो योजना १५ मंसिर देखि २२ मंसिर २०७७ सम्म अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिने सम्पूर्ण ग्राहकहरुका लागि लागू हुनेछ ।

अनलाइन आवेदन बैंकको वेबसाइट वा https://cardrequest.sanimabank.com/credit-card/online-applicationबाट दिन सकिनेछ । यस अवधिमा अनलाइनबाट क्रेडिट कार्ड आवेदन दिनुहुने ग्राहकहरुले निःशुल्क क्रेडिट कार्डका साथै सुलभ ब्याजदरमा मासिक किस्तामा विशेष सुबिधा पाउन सक्नेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस